काठमाण्डौ । नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै २ हजार भन्दा तल आएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।
मंगलबार नेप्से परिसूचक ३६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९९६ को विन्दुमा आएको छ । यो एक वर्ष यताकै न्यून विन्दु हो । आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । १ अर्ब १८ करोड हाराहारीको शेयर किनबेच हुँदा कारोबार भएका मध्य धेरै कम्पनीको शेयर मूल्य घटेको छ ।
२३२ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ । त्यस्तै आज शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै खरिद बिक्री भएको छ । नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा बीमा समूहमा सबै भन्दा धेरै दबाब परेको छ ।
्