काठमाडौं - बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा अहिले सम्म ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
जीपमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गाएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका- ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए ।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ । आइतबार राति साढे आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना पछि पुरै गाउँ शोकमा डुवेको छ ।