सांकेतिक तस्बिर
नवलपुरको कावासोतीस्थित बालुवाडाँडामा सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा.प्र.०७ ०० १ ज.००२० नम्बरको जीप शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार, बालुवाडाँडाबाट कावासोतीतर्फ जाँदै गरेको जीप सडकबाट तल खस्दा २८ जना घाइते भएका थिए।
गम्भीर घाइते भएका ९ जनाको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ। ढकालका अनुसार दुर्घटनाको कारण ओभर लोड भएको हुनसक्छ। जीप मोडबाट तल खसेको बताइएकोछ।