राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा: ५२ प्रतिशत सफल

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।

गत वैशाख १४ गतेबाट सञ्चालन भएको परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए। तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्।

प्रतिक्रिया