काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले बढेर बढेर समग्र बजार २०२९ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से झिनो अङ्कले बढेको थियो ।
आज नेप्सेमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । २११ कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । कारोबार भएका मध्य १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको भने घटेको छ ।
बरुण जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा शिवम् सिमेन्टको सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।