अर्को हप्ता आउने जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा कति दिने आवेदन

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जनकारी दिएको छ ।

कम्पनीले प्रति कित्ता रु १००रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २६,१०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ४,८७,९०० कित्ता सर्वसाधारण नेपालीलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्यूनतम १०कित्ता र अधिकतम ५,२२० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीमा पनि शेयरमा पनि माग भन्दा धेरै गुणा आवेदन पर्ने निश्चित छ केबल दश कित्ता आवेदन दिए पुग्ने देखिन्छ । 

 

प्रतिक्रिया