रोल्पा - रोल्पाको माडि गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना भएको छ । दाङको घोराही बाट थवाङका लागि छुटेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।
बस सडक बाट १ सय फिट तल माडि खोलामा खसेको रोल्पा प्रहरी प्रमुख डियसपी नरेशराज सुवेदीले रेडियो मालश्रीलाई जानकारी दिनु भयो । घर्तीगाउँको प्रहरी चेकपोष्टमा १० जना मात्र यात्रु मात्र दर्ता गरेको गाडिमा कति जना यात्रुहरु थिए भन्ने एकिन भएको छैन ।
ना ३ ख ५५१८ नम्वरको बस करिव साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानियहरुद्धारा उद्धारकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय घर्तिगाउँले जानकारी दिएको छ । मृतक र घाइते कसैको पनि पहिचान हुन नसकेको प्रत्यक्ष दर्शिहरुले जनाएका छन ।