साताको अन्तिमदिन भारी गिरावटमा राताम्य भएर बजार बन्द

काठमाडौंं - शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको शेयर बजार आज पनि भारी गिरावट आएको हो । शेयर बजार सुधारको आशामा रहेका लगानीकर्ता आजै पनि लगानी गर्ने डराइ रहेको छन् ।

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा सँगै अब आउने अर्थमन्त्रीको पूँजी बजार सम्बन्धी नीतिमा फरक आउने डरले समेत शेयर बजार सुधार हुन नसकेको आंकलन विज्ञहरुले गरेका छन् । मौद्रीत नीति मार्फत लगानीकर्ताका माग पुरा गर्ने शर्माको प्रतिबद्दता अब आउने मन्त्रीले के गर्छ भन्ने कुराले समेत शेयर बजार सुधारिन नसकेको हो ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको थियो ।

प्रतिक्रिया