काठमाण्डौ । इन्धनको खपत घटाउन भन्दै सरकारले केही समय अघिदेखि सुरु गरेको आइतबार बिदा दिने घोषणाको उपयोग गर्ने आज अन्तिम दिन रहेको छ ।
आँउदा असारदेखि सरकारले पूर्व घोषणा गरे अनुसारको बिदा हटाउने निर्णय गरिसकेको छ । इन्धनको अभाव हटाउन भन्दै सरकारले ल्याएको सो व्यवस्थाको चर्को आलोचना भएको थियो । साथै अपेक्षा गरे अनुसारको इन्धन खपत नघटेपछि निर्णय फिर्ता दिन सरकार बाध्य भएको थियो ।
असार ५ गते परेको पहिलो आइतबार बिदा हुने छैन भने सरकारी कार्यालय पनि यथावत सञ्चालनमा आउने छ । सेवाग्राहीको चर्को चाप हुने राहदानी विभागमा भने आइतबार पनि खुल्ने गरेको छ ।