८ देशका लागि राजदूत सिफारिस

काठमाण्डौ – सरकारले भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई सिफारिस गरेको छ।

एमालेले भारत, अमेरिका, दक्षिण कोरिया, डेनमार्क र मलेसियाका लागि राजदूत सिफारिस गरेको छ भने जसपाले साउदी अरब र स्पेन तथा माओवादीले बेलायतका लागि राजदूत सिफारिस गरेको छ। रास्वपाले दुई राजदूतको नाम अझै टुङ्गो लगाएको छैन। इजरायल, कतार र पोर्चुगलमा राजदूत सिफारिस गर्न बाँकी छ।

सिफारिस भएकाहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ। साथै, अस्ट्रेलियाका दुई राज्यका लागि सञ्जीवकुमार शर्मा र निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय