काठमाडौं । शेयर बजारमा एक हप्ता लामो समय लगातार हरियाली छाएको छ । साताको चौथो दिन समेत शेयर बजारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा रहेका समस्या समाधान गर्ने आशाले शेयर बजारमा सुधार आइरहेको आंकलन गरीएको छ । राष्ट्र बैंकले अहिले मौद्रीक निति ठिक्क पारेर राखेको बेला शेयर बजारमा लगातार सुधारको अवस्था देखिएको छ ।
कारोबार समेत बिस्तारै बढ्दै अइरहेको देखिएको छ । मौद्रीक नितिमा लगानीकर्ताका माग सम्बोधन हुने विश्वासले लगानीकर्ता लगानी गरि रहेको आंकलन विज्ञहरुको रहेको छ । शेयरमा केही महिना यता ओरालो लागेको बेला अझ आर्थिक वर्ष २०७९।०८० को बजेटमा पनि लगानीकर्ताका माग सम्बोधन नभएसँगै शेयर बजारमा ओरालो निरन्तर लागेको थियो । अब भने मौद्रीक नितिमा लगानीकर्ताका माग सम्मोधन हुने विश्वासले शेयर बजारमा सुधार देखिएको हो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४।८९ अकंले बढेर २०५०।५९ बिन्दुमा बन्द भएको छ । मंगबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १६।२० अकंले बढेर २०४५।६३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएकोछ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको थियो ।
झिनो सुधार भएको शेयर बजारमा आवज ८ उपसूचकमा हरियाली लागेको छ । आज विकास बैंक समूहको ०।१५ प्रतिशत, फाइनान्स समूहको १।९१ प्रतिशत, निर्जीवन बीमा समूहको ०।६९ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १ं।२१ प्रतिशत, अन्य समूहको १।१६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०।१८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०।१२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०।७२ प्रतिशतले शेयर मूल्य बढेको हो ।