काठमाण्डौ । निरन्तरको उकालो लाग्दै शेयर बजार २८ सय माथि पुगेको छ । ३२ सय माथि पुगेको बजार मौद्रिक निती सार्वजनिक भएपछि छटेर २३ सय नजिक आएको थियो ।
त्यस पछि बैंकको व्याजदर साथै तरलता अभावको चपेटामा परेको शेयर बजार माथि जान सकेको थिएन । केहि साता अघिबाट बजारमा राम्रो कारोबार रकम सहित नेप्से पनि उकालो लागिरहेको छ ।
यो समाचार तयार पार्दा सम्म बजार मापक परिसूचक नेप्से २५ अंकले बढेर समग्र बजार २८१० विन्दुमा पुगेको छ ।