काठमाण्डौ । बुधबार नेप्से परिसूचक ६.६७ अंकले घटेर समग्र बजार २१८६ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार हुने कम्पनी र कारोबार रकम भने सुधार भएको छ ।
आज २१८ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्बमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा आज पनि शिवम् सिमेन्टको सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । उपसूचकमा जलविद्युत बाहेक अन्य उपसूचक घटेका छन ।