धितोपत्र बोर्डमा लगानीकर्ता र बोर्ड बीच यस्तो भयो सहमति,बजार अझै माथि जाला ?

काठमाण्डौ - लामो समयदेखि आन्दोलनरत लगानीकर्ता बीच बुधबार सहमति भएको छ । 

लगानीकर्ताको मागलाई बोर्डमा छलफल गरी मागहरु सम्बोधनमा पहल गर्ने भनिएको छ । 

कुनै माग बारे सहमति नभएपनि यो पहलले पूँजी बजारलाई माथि लैजान मद्धत गर्ने लगानीकर्ता बुझाइ छ । 

नियामक निकाय शेयर बजार प्रति गम्भीर नभएको भन्दै लगानीकर्ताहरु अर्थमन्त्रालय,राष्ट्र बैंक,नेप्से र बोर्डको बिरुद्द आन्दोलनमा छन् । 

निरन्तर ओरालो लागेको शेयर बजार अहिले भने माथि जाने क्रममा छ । बुधबार मात्र नेप्से सय अंक भन्दा धेरैले बढेको थियो ।  हिजोको सहमतिले बजार माथि जान अझ राम्रो भूमिका खेल्ने धेरैको बुझाई छ । 

प्रतिक्रिया