काठमाडौं - तीन देश सम्मिलित टिटवान्टी क्रिकेट सिरिजमा नेपाल पराजित भएको छ। आज सम्पन्न खेलमा नेदरल्यान्डसँग नेपाल पराजित भएको हो।
नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो ।
जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।
नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।