कमल राज ढकाल कालिका। चितवनको कालिका नगरपालिका वडा नं ६ मा विकास निर्माणको कामले गति लिएको छ ।
नागरिकलाई सुशासन,किसानलाई अनुदान,शिक्षा र स्वास्थ्यको काम प्रक्रियागत रुपमा गरिरहेको सो वडाले विकास निर्माणको कामलाई भने तीब्र रुपमा अगाडि बढाएको हो । सडक तथा ढल निर्माणको काम तीब्र रुपमा भइरहेको वडाध्यक्ष टिकाराम रेग्मिले जानकारी दिए । सो सडक मोजाक ट्रयल बिच्छाए सङै पैदल यात्रुलाई सहज वातावरणमा हिडडुल गर्न सहज हुने छ । मुख्य सडकहरुलाई कालोपत्रे गर्ने तर्फ ध्यान केन्द्रीत गरेको वडाध्यक्ष रेग्मीले बताए ।
उनले चालु आर्थिक बर्ष को बजेटलाइ समयमा नै सक्ने गरी काम भइरहेको बताए । खोलेसिमल क्लब चोक सडक खण्डको क्षेत्रमा पर्ने १६२५ मिटरको दुबै तर्फ मोजाक टृयल निर्माणको काम सुरु भएको हो । सोही सडक खण्डको दायाँ, बायाँ मोजाक ट्रयल १.५ मिटर लगाउनको लागि वाल र बेसमिलाउने काम भइरहेको वडाध्यक्ष टीकाराम रेग्मिले बताए । उनले खोलेसिमल बजारबाट क्लब चोक सडक ११ मिटर फराकिलोहुने गरि कालोपत्रे हुने बताए ।
प्रदेश र स्थानीय सरकारको ३ करोड ७ लाख ८७ हजारको अनुमान लागत भएकोमा विराट विल्डर्स एण्ड इक्युपमेन्ट प्रा लि २ करोड ८४लाख २६ हजार ठेक्का सम्झौता गरि दुर्तगतिमा काम भएको भवन तथा वस्ती बिकश शाखा प्रमुख इन्जिनियर किश्वोर खतिवाडाले बताउनु भयेको हो । सो कामको २०८० असार १५ सम्म अन्तिम म्याद रहेको छ। वडा भित्र भइरहेका हरेक विकासका योजनाको नेतृत्व वडाले गरिरहेको अध्यक्ष रेग्मिले बताए ।