काठमाडौंमा एकै परिवारमा चार जनाको मृत्यु

काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएकाे छ ।

श्रीमान् केशव पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार केशव पाण्डे झुन्डिएकाे अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । आज साेमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । 

उनीहरूको कसरी ज्यान गयो भन्नेबारे खुलिसकेको छैन । अहिले डाक्टरसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय