अभियान लघुवित्तको शेयर बाँडफाँड मितितय

काठमाडौं । केही दिन प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको आइपीओ सोमबार सोमबार बाडफाड हुने भएको छ । सोमबार विहान ९ बजे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाड गरिने छ । 

आवेदन दिएका मध्य ९१ हजार ३७५ जनाले शेयर प्राप्त गर्ने छन । बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । 
 
यो मध्ये ५५ अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय