काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदी किनारमा शनिबार बिहान एक पुरूषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार, मृतक ऋषिपाल साह रहेका छन।
मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्। साथमा रहेको ग्लोबल आइएमई बैंकको भिसा डेबिट कार्डबाट उनको नाम खुलेको हो।
शुक्रबार पहिरोसँगै मुग्लिन-नारायणघाट सडकको सिमलतालमा दुई बस त्रिशूली नदीमा खसेका थिए, जसमा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन्। शनिबार बिहान सशस्त्र प्रहरीले सोनार क्यामेर र वाटर ड्रोनको प्रयोग गरी खोजी कार्य जारी राखेको छ।