काठमाण्डौ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतका गीतहरू कम मात्रामा सार्वजनिक भइरहेका छन्। दोहोरी गीतहरू दैनिक रूपमा सार्वजनिक भइरहेका छन् भने आधुनिक गीतहरूको संख्या अत्यन्तै कम देखिन्छ।
यसैबीच, आशालाग्दो नयाँ गीत 'एउटा गल्ती' भर्खर मात्र सार्वजनिक भएको छ। गीतमा प्रताप दासले आवाज दिएका छन् भने बाबु विनोदले उत्कृष्ट शब्द सिर्जना गरेका छन्। गीतको संगीत संयोजन तथा संगीत सिर्जना कृष्ण बाजुरालीले गरेका छन्।
गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ। गीतमा मुकुन्द भट्ट र सारिका केसीको अभिनय देख्न सकिन्छ भने भिडियोको निर्देशन प्रविण थापाले गरेका छन्।