काठमाडौं - फुटपात व्यवस्थापनमा सबैको साथ पाएको काठमाडाैं महानगरपालिका अव्यवस्थित तार हटाउन लागेको छ ।
अहिले विभिन्न ठाउँमा रहेका ईन्टरनेट लगाएतका तारहरु हटाउन थालेको छ । आज मात्रै विभिन्न ठाउँमा तारहरु हटाईएको महानगरले जनाएको छ ।
आफ्नो नियमित अनुसार तारको व्यवस्थापनमा लागेको महानगरले जनाएको छ ।
टुकुचा खोला अतिक्रमण गरी बनाएका संरचनामा डोजर चलाएपछि महानगरपालिका चर्चामा आएको छ । उसले त्यो अभियान पनि निरन्तर रहेको बताएको छ ।