बैंकले आश्वा शुल्क धमाधम घटाउन थाले,सानीमा बैंकले अब शुल्न नलिने

काठमाडौं - चर्को आस्वा शुल्क लिएपछि आलोचना खेपेका बैंकहरुले धितोपत्र बोर्डको अनुरोधपछि घटाउन थालेका छन् । 

यसैबीच सानिमा बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरे वापत कुनै शुल्क तिर्नुपर्ने छैन। यस अघि सानिमाले आस्वा वापत २० रुपैयाँ शुल्क लिँदै आएको थियो । हाल ४ वटा बैंकले सी–आस्वा सेवा निःशुल्क प्रदान गर्दै आएका छन् ।

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले पनि शुल्क घटाएर ५ रुपैयाँ बनाएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय