बिरामी श्रीमतीलाई औषधि लिन घरबाट निस्किएका श्रीमान सधैंका लागि अस्ताए

सिरहाको गोलबजार नगरपालिका २ टुड्किया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीको औषधी लिन मंगलबार अपरान्ह घरबाट निस्केका ४८ वर्षीय साहको शव आज बिहान गाउँकै इनारभित्र फेला परेको हो । 

औषधी लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए । 

यता मृतकका  श्रीमती शिवोदेवी साहले रिसिबीका कारण उनको हत्या भएको आरोप लगाएकी छन् ।  गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा विष्णुदेवलाई मारिदिने धम्की दिँदै आएको बताइन् । साह एक महिना अघिमात्र वैदेशिक रोजगारीबाट घर आएका थिए । गाउँका स्थानीयवासीसँग आरसीसी ढलान गर्ने विषयमा उनको विवाद हुँदै आएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय