काठमाडौं - मंगलबार नेप्से २.३३ अंकले बढेर समग्र बजार १९९५ बिन्दुमा पुगेको छ । हिजो पनि सामान्य अंकले नेप्से बढेको थियो ।
नेप्सेमा हरियाली भए पनि कारोबार रकम भने घटेर एक अर्ब १९ करोडमा सीमित भएको छ । ७४ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा १०५ भन्दा धेरै कम्पनीको शेयर मूल्य भने ओरालो लागेको छ ।
आज पनि नेपाल टेलिकमको शेयर कारोबार सबै भन्दा धेरै मूल्यको भएको छ । नेप्सेका उपसुचक आज अधिकांस घटेका छन् भने अन्य उपसूचक धेरैले बढेको छ । बीमा समूहमा सबै भन्दा धेरै दबाब परेको छ ।