चितवन - यतिबेला श्री स्वस्थानी ब्रतकथामा आधारित व्रत गर्ने तथा कथा सुन्ने समय छ । धेरै घरहरूमा श्री स्वस्थानी ब्रतकथा वाचन गरी सुन्ने गरिन्छन् ।
पछिल्लो समय हो प्रथा केही घट्दै गइरहेको बेला कालिका नगरपालिका वडा ३ को कार्यालयमा भने यो अवधिमा दैनिक कथा वाचन गर्ने गरिएको छ ।
कथा सुन्नको लागि यस क्षेत्रका जेष्ठ नागरिकहरु सहभागी हुने गरेका छन् ।
कतिको घरमा कथा वाचनको लागि पुस्तक नहुने साथै कतिको घरमा वाचन गरिदिने मान्छे समेत नभएको अवस्थामा वडा कार्यालयको प्राङ्गणमा कथा सुन्ने राम्रो उपस्थिति हुने गरेको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकले कथा सुन्ने गरेका छन् । कथा श्रवण पछि भाजनकृतन गर्ने गरिएको छ ।