जीवन विकास लघुवित्तको लाभांस पाउन कहिलेसम्म बन्ने शेयर धनी ?

काठमाडौं-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ साधारणसभा आह्वान गरेको छ  । संस्थाको चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुनेछ। 

सभाले कम्पनीको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय