काठमाडौं–नेपाल धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि रोकिएको सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन अनुमतिको काम सुरु भएको छ । यसैबीच बलेफी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ ।
बोर्डबाट अनुमति पाएसँगै बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता अर्थात ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोवल आइएमई क्यापिटलले गर्नेछ ।