लगानीको अवसर - बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्ने नयाँ कम्पनी थपियो

काठमाडौं - यस अघि एक कम्पनीको बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने भनिए पनि त्यो विवादित भएको थियो ।  

यसै बीच अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले माघ ५ गते थापाथलीस्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, आईपीओ निष्कासनका लागि सोही अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

सामान्य प्रक्रियाबाट समेत आइपीओ निष्कासन ५ महिनादेखि रोकिएको अवस्थामा नयाँ आइपीओ निष्कासन गर्ने कम्पनीहरु थपिँदै गएका छन् । 

प्रतिक्रिया