बिहीबार अर्धशतक भन्दा धेरैले बढ्यो नेप्से,कारोबार रकम पनि २ अर्बमाथि

काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अंकले बढेको छ । 

आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर समग्र बजार २०३७ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ४५ करोडमाथि पुगेको छ । आज दिनै भरिमा २२७ कम्पनीको शेयर किनबेच भएका थिए । जस मध्य १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको घटेको छ । 

आज ६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने कारोबार भएका मध्य शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । 

आज नेप्सेका उपसूचक सबैमा हरियाली छाएको छ भने फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

प्रतिक्रिया