काठमाण्डौ । रामेछापको मन्थलिमा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै ज्यान गएको छ भने एक बालक घाइते भएका छन ।
मन्थली नगरपालिका–६ हात्तीटार जीप दुर्घटना भएको हो । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजे हात्तीटार नजिक भीरबाट करिब तीन सय मिटर तल खसेको थियो ।
सो दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।
तिव्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।