लामो समयपछि नेप्सेमा हरियाली,कारोेबार रकममा पनि सुधार  

काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । यो हप्ताको कारोबार दिन पुरै रातै भएको नेप्से आज भने १२ अंक भन्दा धेरैले बढेको  छ । 

आजको बुद्धिसँगै समग्र बजार १९७८ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर १ अर्ब १८ करोडमाथि पुगेका छ । आज तीन कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने १३७ कम्पनीको शेयर मूल्य बढेको छ । 

त्यस्तै ४५ कम्पनीको शेयर मूल्य शेयर मूल्य घटेको छ भने नेपाल टेलिकमको शेयर कारोबार सबै भन्दा धेरै भएको छ । 

प्रतिक्रिया