हिमालयन बैंकको शेयर कारोबार खुल्ला,खुलेकै दिन नकारात्मक सर्किट

काठमाडौंँ - हिमालयन बैंक लिमिटेड (HBL) को शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले आज जेठ २३ गतेदेखि लागु हुने गरी बैंकको शेयर फकुवा गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि नेप्सेले हिमालयनका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच २०७८ बैशाख ३० मर्जरमा जाने प्रारम्भिक सम्झौता भएपछि नेप्सेले कारोबार रोक्का गरेको थियो।

कारोबार खुलेकै दिन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको प्रति कित्ता शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। प्रति कित्ता ९.९९ अंकले शेयर मूल्य घट्दा कम्पनीको प्रति कित्ता मूल्य ३५८.९० कायम भएको छ। कम्पनीको प्रति कित्ता मूल्य ३९.८५ रुपैयाँले घटेको हो। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय