बुद्धभूमि नेपालको शेयर बाँडफाड सुरु,यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ अहिले बाँडफाँड सुरु गैरेको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटलले अर्थिक सन्देशलाई दिएको जानकारी अनुसार आईपीओको प्रि Allotment काम बुधबार सकिएको हुँदा अहिले बाँडफाँड सुरु गरिएको हो । 

नतिजा प्रकाशित भएपछि https://iporesult.cdsc.com.np/बाट हेर्न सकिन्छ । 

कम्पनीले ११ गतेदेखि १४ गते सम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ । 

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी हो । 

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । आवेदन दिएका मध्ये २० लाख ३७ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।

प्रतिक्रिया