काठमाडौं - पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ जनाको पीसीआर परीक्षण भयो । ९ हजार २६३ जनाको पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षण भएकोमा पीसीआरमा २ हजार २८० र एन्टीजेनमा ८२६ जनालाई पोजेटिभ देखिएको छ ।
यस्तै २४ घण्टामा १ हजार ९१६ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमण पुष्टि भएकामध्ये ६ लाख ९५ हजार ३८९ निको भएका छन् भने ९ हजार ८५७ जनाको मृत्यु भएको छ ।
हालसम्म ७ लाख ५६ हजार ७३९ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं उपत्यकामा ७७५ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनालाई पोजेटिभ देखिएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । अहिले ७०६ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।