नेप्सेमा हरियाली,कारोबार रकम पनि एक अर्वमाथि 

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक अर्धशतक भन्दा धेरैले बढेको छ भने कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ । 

आज पुरै कारोबार दिनमा २३१ कम्पनीको शेयर किनबेच भएको छ जस मध्य १८० भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ  । आज एनआइसी एसियाका बैंकको कारोबार सबै भन्दा धेरै भएको छ । 

न्यादी जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भएको छ भने उपसूचक सबैमा हरियाली छाएको छ । कारोबार भएका उपसूचक मध्य बिमा समूहको उपसूचक सबै भन्दा धेरैले बढेको छ भने विकास बैंक उपसूचकमा पनि आज चमक आएको छ । आज २ अर्ब २९ करोड भन्दा धेरैको कारोबार भएको छ यो कारोबार रकम केही समय यताकै धेरै हो । 

प्रतिक्रिया