सन्दिप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं - नाबालिक युवतीलाइ जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दिप लामिछानेलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । 

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय