पहिलो दिन मै आइपीओमा १ अर्बको आवेदन,शेयर पाउने भाग्यकै भर

काठमाडौं । सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधक आवेदन पर्व थालेको छ । हिमाल हाइड्रोपावर लिमिटेडलेमा ६ लाख ६३ हजार २१८ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार बिहीबार साँझ ६ बजेसम्म ६ लाख ६३ हजार २१८ आवेदकबाट कुल ७६ लाख ११ हजार ८९० कित्ता बराबरको ७६ करोड ११ लाख ८९ हजार रुपैयाँको आवेदन परेको हो । यो माग भन्दा ४.१६ गुणा बढी हो ।

कम्पनीले असार १५ गते देखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । तर २ लाख ८१ हजार ७५० कित्ताका लागि मात्रै आवेदन परेकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

प्रतिक्रिया