नौं महिनाकै यता न्यून विन्दुले घट्यो कच्चा तेलको मूल्य

काठमाडौंं - कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ९ महिना यताकै न्यून भएको छ। 

रसिया र युक्रेन बिचमा युद्ध सुरु भएपछी १२४ डलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेलको मूल्य निरन्तर घट्दै सोमबार २.०९ डलरले घटेर ८४.०६ डलर कायम भएको छ । यो मूल्य यो जनवरी १४ यताकै न्यून हो । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेकाले अब नेपालमासमेत नयाँ मूल्यसूची आउँदा मूल्य घटेर आउन सक्ने देखिन्छ । नेपाल आयल निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ ।

अहिले अन्तराष्ट्रिय बजारमा पनि तेलको मूल्य घटिरहेका कारण भारतबाट समेत मूल्य घटेर आउने सक्ने देखिन्छ त्यस्तै देश चुनावकै मुखमा भएकाले पनि सरकारले तेलको मूल्यमा क्ेहि समायोजन गर्न सक्ने कतिपयको तर्क छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय