मनसुनको सक्रियता कम हुँदै, आजदेखि वर्षामा कमी आउने

काठमाडौं - मनसुन न्यून चापिय रेखा नेपाल नजिक भएकोले विगत केही दिनदेखि सक्रिय रहेको मनसुन आजदेखि भने कम सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने भएकोले मनसुनको सक्रियतामा कमी आई आजदेखि नेपालमा वर्षाको मात्रामा पनि केही कमी आउने अनुमान गरिएको छ।

यद्यपि, आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय