दोहोरो अकंले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौंं - नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन बढेको छ। बुधबार नेप्से परिसूचक १६.२० अंक बढेर २०४५.६३ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१३ स्टकको ३७ हजार ९७२ पटकको कारोबारमा २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको ५७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै यस दिन एभरेष्ट बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय