शौचालय गएकी १५ वर्षीय किशोरीको हत्या

काठमाडौं - चितवनको बालिका मृत्यु प्रकरण सेलाउन नपाउँदै मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ । 

पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित कक्षा ७ मा पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया