पलशाहलाई रिहाईको माग गर्दै आन्दोलन

काठमाडौ - बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय