पोर्चुगलमा ठकुरी समाजले सम्झियो पृथ्वीनारायण शाहलाई

पोर्चुगल - पोर्चुगलस्थित ठकुरी समाजले नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ ।

दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी समाजले शाहलाई सम्झिएको हो । समाजका अध्यक्ष शिव सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले पृथ्वीनारायण शाह नभएको भए आफूहरु अहिले नेपाली नै नहुने भन्दै अहिले मुलुकभित्र र बाहिर राष्ट्रिय एकताको खाँचो रहेको बताए । 

उनिहरुले नेपाल एकीकरणका महानायक शाहबारे भ्रामक तथा गलत प्रचारबाजी गर्न एकथरिले निकै अघिदेखि नै सुनियोजित प्रयत्न गर्दै आएको भन्दै कडा आलोचना गरेका थिए । कथित तवरमा आफूलाई सङ्घीय राज्यको पक्षधर बताउने र जातिय राज्यको पक्षमा गतिविधि गर्दै आएका कतिपयले पृथ्वीनारायण शाहको योगदान तथा उनको व्यक्तित्व–कृतित्वविरुद्धका कार्यको पक्षपोषण गर्दै आएकोप्रति उनिहरुको आक्रोश थियो कार्यक्रममा दिपेन्द्र हमाल, देवेन मल्ल, सज्जन हमाल, प्रताप हमाल, रोहितधोज मल्ल लगायतले धारणा राख्दै इतिहासको कठिन समयमा पनि हजारौँ सहयोद्धाको साथ लिएर पृथ्वीनारायण शाहले नेपाललाई विखण्डन हुनबाट बचाएको, नेपालको झण्डा विश्वमा चिनाएको अनि चम्काएको बताए ।

 

समाजका महासचिव सागर शाहले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष रमेश मल्लले स्वागत मन्तब्य राखेका थिए । पोर्चुगलमा ठकुरी समाज २०७२ सालमा गठन भएको हो ।

प्रतिक्रिया