काठमाडौं - अस्थिर रहेको नेपाली शेयर बजार नेपालीहरूको महान पर्व विजया दशमी पछि भने लयमा फर्किने धेरै लगानीकर्ताको विश्वास रहेको छ ।
३२ सय बिन्दुमा रहेको बजार निरन्तर ओरालो लागेर २५ सयको हाराहारीमा आएको थियो । त्यस पछि केही फर्किएको बजार अहिले अस्थिर छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति,ब्याजदर वृद्धि,तरलता अभाव जस्ता मुख्य प्रभावमा परेको बजारलाई १२ करोडको शेयर कर्जा सीमाको दबाबमा परेको धेरैको अनुमान छ ।
नेपाली शेयर बजारले सम्पूर्ण किसिमका चुनौती पचाइ सकेको कारण दशैं लगत्तै शेयर बजार लयमा फर्किने धेरैको अनुमान छ ।
शेयर लगानीको क्षेत्रमा लामो समय बिताइसकेका ठूला लगानीकर्ताहरुले दशैको शुभकामना सहित यही विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाइसकेका छन् भने नयाँ लगानीकर्ता आतिएको अवस्थामा छन् ।
अहिले नेपाल दैनिक १० लाखले कारोबार गर्छन् भने डिम्याट खाता खोल्ने को संख्या समेत ४५ लाख हाराहारी पुगी सकेको छ । पछिल्ला केही कम्पनीको आइपीओ मा २५ लाख हाराहारीमा लगानीकर्ताले आवेदन दिएका छन् ।