आजदेखि साहस ऊर्जाको आइपीओ खुल्यो,कति दिने आवेदन ?

काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ । 

 

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

 

कम्पनीको आईपीओमा लगानीकर्ताले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने समयावधि थप हुनेछ ।

 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

आइपिओमा अत्याधिक आवेदन पर्ने प्राय निश्चित जस्तै छ त्यसैले यो कम्पनीको शेयरमा पनि दस कित्ता आवेदन दिए पुग्ने देखिन्छ । 

प्रतिक्रिया