अबरुद्ध भएकाे मुग्लिन–नारायणगढ सडक सुचारू

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः खुलेको छ। राति झन्डै १ बजे पहिरोले सडक अवरुद्ध भएको थियो, जुन बिहान ५:३० बजेबाट दुईतर्फी नै खुला भएको छ।

सडक अवरुद्ध हुँदा रोकिएका गाडीहरू गन्तव्यतर्फ लागेका छन्, जसले गर्दा अहिले मुग्लिन–नारायणगढ सडकमा चाप बढेको छ। प्रहरीले 'ओभरटेक' नगरी गाडी चलाउन अनुरोध गरेको छ।

प्रतिक्रिया