शेयर बजार निरन्तर उकालो लाग्दै,मंगलबार अर्धसतक हाराहारीमा बढ्यो नेप्से

काठमाण्डौ । नेपाली शेयर बजार आज साताको तेस्रो दिन पनि उकालो लागेको छ । अघिल्लो हप्तादेखि उकालो लागेको शेयर बजार आज मंगलबार पनि अर्धसकत हाराहारीमा बढेर नेप्से बन्द भएको छ । 

आज बजार मापक सूचक नेप्से ४९ अंक भन्दा धेरैले बढेर समग्र बजार २८३४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेर ६ अर्व ७२ करोड आसपासमा आएको छ । दिँउसो १२ बजे सम्म उतार चढाव रहेको बजार त्यस पछि भने स्टेवल रहेको थियो । 

२३२ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५ कम्पनीहरुको शेयर मूल्यमा सर्किटसँगै १७० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १९ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ साथै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज अपि पावरको सबै भन्दा धेरै शेयर खरिद विक्री भएको छ भने माउण्टेन इनर्जीको शेयर मूल्य सबै भन्दा धेरे घटेको छ । 

बजार मापक अन्य सबै सूचकहरु हरियाली हुँदा उपसूचकमा उत्पादन क्षेत्रको सूचक भने घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय