फेरी ओरालो लाग्यो नेप्से,कारोबार रकम पनि घट्यो

काठमाण्डौ । तीन दिनपछि खुलेको शेयर बजारमा विक्रीकर्ता हावी हुँदा नेप्से घटेको छ । आइतबार नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि संतोषजनक देखिएको छैन । 

आज २२० कम्पनीहरुको शेयर खरिद विक्री हुँदा नेप्से १८ अंक भन्दा धेरैले घटेको छ । साथै कारोबार रकम भने ४ अर्व ४९ करोड हाराहारीमा पुगेको छ । 

३ कम्पनीहरुको शेयर खरिद विक्री सर्किट लेवलमा हुँदा ४८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीको मात्र शेयर यथावत रहेको छ । 

महिला लद्युवित्तको शेयर खरिद विक्री सबै भन्दा धेरै हुँदा शिवम् शिमेन्टको शेयर मूल्य भने सबै भन्दा धेरै घटेको छ । वित्त र लद्युवित्तको उपसूचक बढ्दा अन्य उप सूचक भने घटेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय