सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

सांकेतिक तस्बिर

सर्लाही– नेपालमा सवारी दुर्घटनाका खबरहरू दिनानुदिन बढिरहेका छन्। यसै बीच सर्लाहीमा आज भएको सवारी दुर्घटनामा तीन जनाको दुखद निधन भएको छ। 

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटना भएको हो ।  

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय