हिमाल दोलखा हाइड्रोपावरको शेयर फुकुवा

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दोस्रो बजार कारोबार मंगलबारदेखि फुकुवा भएको छ । केही दिन अघि कम्पनीको शेयर रोक्का भएको थियो । 

नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई पुनः बुक क्लोज मिति तोक्न निर्देशन दिँदै सेयर कारोबार फुकुवा गरेको हो । यसअघि कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको र बुक क्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनुपर्ने नियमसमेत उल्लंघन गरेको भन्दै नेप्सेले आइतबारदेखि सेयर कारोबार रोक्का गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय